Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

देशभरका इदगाहमा यस्तो देखियो ईद उल फित्रको रौनक

देशभरका इदगाहमा यस्तो देखियो ईद उल फित्रको रौनक
विज्ञापन
Advertisement

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाएका छन् । पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात् ईद मनाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

ईद उल फित्रको अवसरमा काठमाडौंस्थित कश्मीरी तकिया, नेपाली जामे मस्जिदसहित देशभर रहेका इदगाहमा मुस्लिम समुदायले नमाज पढेर एकापसमा अङ्कमाल गरी खुसी सटासाट गर्दै पर्व मनाएका छन् ।

सर्लाहीको मलङ्गवा, तनहुँको दमौलीस्थित नुरी हन्फी जामे मस्जिद, वीरगञ्ज महानगरपालिका–२ स्थित इदगाहचोक, नेपालगन्जको वीपीचोक, भैरहवास्थित पिपरहिया इदगाहहरुमा सामूहिक रुपमा नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरुले खुसि साटेका छन् ।

इद खुसी साट्ने पर्व हो र यो तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा (व्रत) बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर मिठा भोजन गराउने, दान, सहयोग गर्ने तथा मान्यजन र आफन्तकोमा पुगेर आर्शिवाद लिने प्रचलन छ ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ।

 

तस्बिर : रासस

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit