Advertisement
Advertisement
Corporate Samachar
३० आश्विन २०८३, शुक्रबार
Advertisement
Advertisement

देशभरका इदगाहमा यस्तो देखियो ईद उल फित्रको रौनक

देशभरका इदगाहमा यस्तो देखियो ईद उल फित्रको रौनक
विज्ञापन
Advertisement

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाएका छन् । पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात् ईद मनाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

ईद उल फित्रको अवसरमा काठमाडौंस्थित कश्मीरी तकिया, नेपाली जामे मस्जिदसहित देशभर रहेका इदगाहमा मुस्लिम समुदायले नमाज पढेर एकापसमा अङ्कमाल गरी खुसी सटासाट गर्दै पर्व मनाएका छन् ।

सर्लाहीको मलङ्गवा, तनहुँको दमौलीस्थित नुरी हन्फी जामे मस्जिद, वीरगञ्ज महानगरपालिका–२ स्थित इदगाहचोक, नेपालगन्जको वीपीचोक, भैरहवास्थित पिपरहिया इदगाहहरुमा सामूहिक रुपमा नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरुले खुसि साटेका छन् ।

इद खुसी साट्ने पर्व हो र यो तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा (व्रत) बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर मिठा भोजन गराउने, दान, सहयोग गर्ने तथा मान्यजन र आफन्तकोमा पुगेर आर्शिवाद लिने प्रचलन छ ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ।

 

तस्बिर : रासस

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit