Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुल्यो, चुक्ता पुँजी पुर्‍याउन चार महिना समय

ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुल्यो, चुक्ता पुँजी पुर्‍याउन चार महिना समय
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने\ गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । निर्देशिका जारी भएसँगै चुक्ता पुँजी पुर्‍याउन नसक्ने ब्रोकर कम्पनीहरुलाई मर्जरमा जाने बाटो खुलेको हो ।

विज्ञापन
Advertisement
Advertisement

ब्रोकरहरु मर्जरमा जानका लागि सञ्चालक समिति र साधारण सभाल निर्णय गरेको हुनुपर्ने छ । साथै, एक आपासमा गाभिन चाहने कम्पनीको बीचको सम्झौता पत्र, एकआपासमा गाभिने समय तालिका, ब्रोकरले पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आवश्यक बोर्डमा बुझाउनुपर्ने उल्लेख छ ।

त्यस्तै निर्देशिकामा बोर्डले आवश्यक कागजात हेरि १५ दिन भित्रमा मर्जरमा जाने व्यवसायीहरुलाई प्रक्रिया अघि बढाउन सहमति दिने सक्ने छ । त्यस्तै, मर्जरमा जाने कम्पनीले सम्पति तथा दायित्व मूल्यांकन गराउनुपर्ने छ ।

सेबोनले जारी गरेको नयाँ निर्देशिका अनुसार नियम ७९ -क बमोजिम धितोपत्र दलाल वा व्यापारीहरू एकआपसमा गाभ्नेरगाभिन वा प्राप्ति गर्न योग्य हुने व्यवस्था गरिएको छ। मर्जर गर्न चाहने व्यवसायीहरूले सैद्धान्तिक सहमतिको लागि निवेदन दिनुपर्नेछ। निवेदन दिने कम्पनीहरूले सञ्चालक समिति तथा साधारण सभाबाट पारित निर्णय, प्रारम्भिक सम्झौता, कार्ययोजना, पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण, कर्मचारी व्यवस्थापन लगायतका विवरण पेश गर्नुपर्नेछ।

मर्जर प्रक्रिया अघि बढाउन धितोपत्र व्यवसायीहरूले स्वतन्त्र मूल्याङ्कनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन गराउनुपर्नेछ। मूल्याङ्कनका लागि ७५  प्रतिशत  समायोजित खुद सम्पत्ति, १५ प्रतिशत भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) विधि तथा १० प्रतिशत इन्टरनेशनल भ्यालुएसन स्ट्याण्डर्डमा आधारित अन्य कुनै एक विधि अपनाइने व्यवस्था गरिएको छ।

मूल्याङ्कन प्रतिवेदनका आधारमा धितोपत्र व्यवसायीको अन्तिम शेयर स्वाप अनुपात निर्धारण गरिनेछ, जुन सम्बन्धित धितोपत्र व्यवसायीको सञ्चालक समितिबाट अनुमोदन गराउनुपर्नेछ।

सेबोनको निर्देशन कार्यान्वयनका लागि अब ब्रोकर कम्पनीहरूले तीव्ररूपमा मर्जर प्रक्रियामा अघि बढ्नुपर्नेछ। समय सीमाभित्र तोकिएको पुँजी पुर्याउन नसके कारबाहीको सम्भावना रहन्छ। ब्राेकरहरू भने असारसम्म चुक्तापुँजी पुर्याउन सकिने बताउँछन् । जबरजस्ति मर्जरमै लान खाेजिएकाे हाे भने हामी पनि कुरा राख्छाैं तर, असारसम्म १० वटा कम्पनीले  पुँजी पुर्याउन सक्छन् तर, नभए १७ वटा जति कम्पनी मर्जरमा जाने सक्ने सम्भावा देखिएकाे एक ब्राेकरले बताए ।  उनले भने, ‘  अहिले १७ जति देखिएकाे छ, तर, चुक्ता पुँजी पुर्याउने समयसिमा लम्बियाे भने ४, ५ वटा कम्पनी मात्र जान्छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। बोर्डको निर्देशनअनुसार सीमित कार्य गर्ने ब्रोकर कम्पनीहरूका लागि २० करोड, पूर्ण कार्य गर्नेका लागि ६० करोड, र स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरिएको थियो।

उक्त निर्देशनको समय सीमा यही असार मसान्तमा समाप्त हुँदैछ। ब्रोकर कम्पनीहरूलाई पुँजी पुर्याउन बोनस शेयर तथा हकप्रद जारी गर्ने वा मर्जरमा जाने सुविधा दिइएको छ। हाल अधिकांश ब्रोकर कम्पनीहरूले मर्जरको बाटो रोज्ने जनाउँदै आएका छन्। तर, सेबोनले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी नगरेका कारण कम्पनीहरू मर्जर प्रक्रियामा अघि बढ्न सकेका थिएनन्। अब भने निर्देशिका जारी भएपछि उनीहरूलाई मर्जरको बाटो खुलेको छ।

हाल ९२ वटा ब्रोकर कम्पनीहरूले सेवा दिइरहेका छन्, जसमा २ वटा स्टक डिलर रहेका छन्। नयाँ कम्पनीहरूले तोकिएको चुक्ता पुँजी पुर्याएर लाइसेन्स लिए पनि तीन दर्जनभन्दा बढी पुराना ब्रोकर कम्पनीहरूले अझै पनि तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन्। सेबोनले दिएको समयसीमा अनुसार ब्रोकर कम्पनीहरूसँग अब चार महिना मात्र समय बाँकी छ। यसअघि सेबोनले चुक्ता पुँजी नपुगेका ब्रोकर कम्पनीहरूलाई पुँजी पुर्याउने योजना पेस गर्न पुस ८ गते पत्राचार गरेको थियो। सोही अनुरूप, ब्रोकर कम्पनीहरूले सेबोनमा योजना पेश गरेका थिए, जसमा अधिकांश कम्पनीहरूले मर्जर तथा प्राप्तिको बाटो अपनाउने योजना बनाएको देखिएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit