Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, आठ दिनमै ३१ हजार रुपैयाँले महँगिएको सुन कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, आठ दिनमै ३१ हजार रुपैयाँले महँगिएको सुन कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड बनाएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

साताको दोस्रो कारोबार दिन आज सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । एक साताको अन्तरालमा (आठौँ कारोबार दिनसम्म आइपुग्दा) सुनको मूल्य प्रतितोला तीस हजार नौ सय रुपैयाँले महँगिएको छ ।

सुनसँगै निरन्तर बढेको चाँदीको भाउ आज पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अनिश्चितताको समयमा सुरक्षित सम्पत्ति मानिने सुन सन् २०२६ को सुरुवाती समयमै (२६ दिनमा) १५ प्रतिशतले मूल्य बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारलाई अस्थिर बनाउने गरी गरिरहेको विश्वव्यापी र आन्तरिक कदमहरूका कारण सुनको मूल्यमा निरन्तर वृद्धि भैरहेको छ । असफल भएपनि ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्न गरेका निणर्यहरु, युरोपेली राष्ट्रहरुलाई भन्सार शुल्कको धम्की र दबाब दिनु, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्नका लागि गरिएको सैन्य कारबाही, रुस–युक्रेन, इरान–इजरायल जस्ता देशहरुमा भैरहेको युद्ध,फेडरल रिजर्भका अध्यक्ष जेरोम पावल विरुद्धको फौजदारी अनुसन्धान चलाउनु, कमजोर अमेरिकी डलर अपेक्षाभन्दा उच्च मुद्रास्फीति हुनु लगायतका कारणहरुले अन्तर्राष्ट्रिय बजारमा निरनतर रुपमा सुनको मूल्य बढिरहेको छ । अहिले धेरैले सुनमा लगानी सुरक्षित ठानिरहेका छन् । त्यसको प्रभाव अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि परेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit