Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि, एक करोड बढिको कारोबार गर्ने लक्ष्य

‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि, एक करोड बढिको कारोबार गर्ने लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं ।  ‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१’ बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही चैत ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रुपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने मेलाका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले जानकारी दिए।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सय भन्दा बढी प्रजातिका बोट बिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ । साथै मलखाद, जैविक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल रहने छन् ।

यसपटक उपत्यका बाहिरका नर्सरी व्यवसायीको समेत सहभागिता र स्टल रहने हुनाले देशैभरका उत्पादनका बारेमा जानकारी लिन सजिलो हुने नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए। अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघको रहेको छ ।

मेलामा ७४ व्यावसायिक स्टल, तीन फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँच वटा स्टल रहने जनाइएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रहेको छ ।

नर्सरी व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागवानी विज्ञ, वनस्पतिविज्ञ, साथै माटो तथा पर्यावरणविज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्यांकन समिति गठन गरी ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा एक व्यवसायीलाई सम्मान गरिने नर्सरी व्यवसायी संघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit