Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित

झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
a'9Lu08sL n'l;sfª emf]n'Ë] k'n uf]/vf, !$ df3 . pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf j8f gDa/–@ l:yt ?Gr]t / j8f gDa/ # l:yt n'l;sfª hf]8g] gjlgld{t a'9Lu08sL n'l;sfª emf]n'Ë] k'n . tl:j/ M /f;;÷;f}hGo
विज्ञापन
Advertisement

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ पुल नहुँदा यस भेगका जनताहरुले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

विज्ञापन
Advertisement
Advertisement

४५ लाख ६८ हजार १९२ रुपैयाँ को लागतको पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ सहित लागत साझेदारी गरेको जानकारी दिए ।

त्यस्तै, स्थानीयवासीले रु ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो ।

पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्यादअगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताउनुभयो । पुल निर्माणपश्चात् एक सय १८ घरधुरीका नौ सय ५४ जना लाभान्वित भएका छन् ।

चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति

नहुँको भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट उक्त खण्ड स्तरोन्नति थालिएको हो ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए ।

त्यस्तै, सहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट चार सय ९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको रु २० लाख बजेटबाट सुरुआती बिन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याविन जाली र ५४ घनमिटर पक्की नाला निर्माणको काम सम्पन्न भइसकेको छ । भानु नगरपालिकामार्फत ठेक्का लागेको निर्माण पक्षले पटकपटक समय थप गर्दासमेत निर्माण नगरेको सुरुआती बिन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब नौ सय ५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए ।

हाल भइरहेको चार सय ७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । निर्माण कार्य भइरहँदा माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit