Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

विदेशी सीप र पूँजीलाई देशको समृद्धिमा लगाउन देउवाको आग्रह

विदेशी सीप र पूँजीलाई देशको समृद्धिमा लगाउन देउवाको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको धारणा राखे ।

‘देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्ने छौँ’ देउवाले भने ।

सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

पार्टीका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै, उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन आग्रह गरे ।

पार्टीका केन्द्रीय विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य किरणराज पौडेलले नेपालबाट विदेश गएर काम गर्ने आप्रवासी कामदारले नेपालमा आपतकालीन समयमा गरेको सहयोग अतुलनीय भएको बताए । उनले ‘सबै जुटौं, कोही पनि नछुटौं’ भन्ने नाराका साथ विदेशस्थित २९ देशमा रहेका ३७ वटा जनसम्पर्क समिति रहेको जानकारी गराउँदै ४० भन्दा बढी देशमा जनसम्पर्क समिति गठन गर्ने लक्ष्य रहेको सुनाए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit