Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईएमई लाइफको नाफा ३६ करोड नाघ्यो, बीमाशुल्क आर्जनमा १५ प्रतिशतभन्दा बढी वृद्धि

आईएमई लाइफको नाफा ३६ करोड नाघ्यो, बीमाशुल्क आर्जनमा १५ प्रतिशतभन्दा बढी वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) ३६ करोड ६३ लाख रुपियाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३३ करोड १५ लाख रुपियाँ नाफा कमाएको थियो।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ६० करोड ३३ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.६५ प्रतिशतले बढी हो। त्यस्तै, कुल आम्दानी पनि १७.१४ प्रतिशतले बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपियाँ पुगेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको देखिन्छ। चैत मसान्तसम्म प्रतिशेयर आम्दानी १.२८ रुपियाँले घटेर ९.७७ रुपियाँमा झरेको छ। मूल्य आम्दानी अनुपात (P/E Ratio) ०४७.३३ गुणा छ भने प्रतिशेयर नेटवर्थ १३२.६७ रुपियाँ पुगेको छ।

५ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९८ लाख, रिटेन्ड अर्निङ्समा ४२ करोड ५६ लाख र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपियाँ सञ्चित रहेको कम्पनीले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit