Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

४० प्रतिशत छुटसहित मिराया वेलनेस रिसोर्टको समर अफर सार्वजनिक

४० प्रतिशत छुटसहित मिराया वेलनेस रिसोर्टको समर अफर सार्वजनिक
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालकै प्रमुख ईको वेलनेस गल्फ रिसोर्टमध्ये एक मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले ‘समर स्टेकेशन अफर’ सार्वजनिक गरेको छ। सीजी हस्पिटालिटी अन्तर्गत सञ्चालित यस रिसोर्टमा २०२५ जुन ३० सम्म ४०५ सम्म छुटमा डेकेशन तथा स्टेकेशन प्याकेजहरू उपलब्ध छन्।

विज्ञापन
Advertisement
Advertisement

‘हाम्रो उद्देश्य भनेको अतिथिहरूलाई पूर्ण विश्राम र प्राकृतिक, आध्यात्मिक तथा सांस्कृतिक अनुभव दिने हो,’ मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टले जनाएको छ । ‘यस समर अफरमार्फत हामी जोडी, परिवार र साथीहरूवीच शान्त वातावरणमा रमाइलो गर्ने अवसर दिन चाहन्छौं।’

समर डेककेशन प्याकेज अन्तर्गत एक दिनको बसाइ ६ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यस प्याकेजमा ६० मिनेटको स्पा थेरापी वा २ घण्टाको गल्फ सेसन मध्ये एक रोज्न सकिने सुविधा छ। साथै, स्थानीय उत्पादनबाट बनेको स्वास्थ्यवर्द्धक थ्री कोर्स लन्च दिइनेछ। यस अफर अन्तर्गत पूल, बास्केटबल र ब्याडमिन्टन कोर्ट, जिम, बोर्ड गेम्स र कम्प्लिमेन्टरी वाइफाइ समेत प्रदान गरिएको छ ।

साथै, ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि ‘किड्स डेककेशन’ ३,००० हजार मा उपलब्ध छ। यसमा ३० मिनेटको किड्स स्पा सेसन, बच्चाका लागि तयार पारिएको विशेष लन्च, र विविध खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश छन्।

जोडी र परिवारका लागि स्टेककेशन प्याकेजहरू पनि आकर्षक मूल्यमा उपलब्ध छन्। क्लब रुम रु। १२,००० र लागुन भिल्ला रु। १६,००० मा उपलब्ध छन्, जसमा दुई जनाको बसाइ समावेश छ।

त्यस्तै, २ बेडरुम क्लब रुम ३०,००० र २ बेडरुम लागुन भिल्ला ४०,००० मा चार जनासम्मका लागि उपलब्ध छ ।
४ वर्षमुनिका बालबालिकाको बसाइ निःशुल्क हुनेछ । यी प्याकेजहरूमा दैनिक नास्ता, दिउँसोको चिया संगै टिबेटियन सिङिङ बाउल साउण्ड थेरापी, गाइडेड नेचर वाक र फरेस्ट बाथिङ, स्पामा ४५ मिनेटको वाटर वेलनेस सेसन, इन्क्रेडिबल इन्ट्रो टु गल्फ सेसन, रूख रोपाइँ वा तरकारी टिप्ने अनुभव, र बालबालिकाका लागि माछा मार्ने, कला तथा हस्तकला गतिविधि समावेश छन्।

‘हामीले यी प्याकेजहरू यस्तो किसिमले डिजाइन गरेका छौं कि जसले प्रत्येक पाहुनाको मन जितोस्—चाहे उनीहरू विश्राम खोज्दै आएका हुन्, प्रकृतिसँग जोडिन चाहेका हुन्, वा परिवारसँग रमाइलो समय बिताउन,’ रिसोर्ट व्यवस्थापनले जनाएको छ।

अतिथिहरूलाई रिसोर्टमा उपलब्ध सुविधाबाहेक नजिकैका प्रमुख गन्तव्यहरू पनि भ्रमण गर्न प्रोत्साहित गरिएको छ। शाश्वतधाम मन्दिरमा आरती पूजा, सीजी म्युजियम, र उन्नति कल्चरल भिलेजमा थारु कला, खाना र जीवनशैली अनुभव (मिरायाका पाहुनालाई निःशुल्क प्रवेश) गर्न सकिन्छ। साथै, अतिरिक्त शुल्कमा स्थानीय समुदायसँगको सहकार्यमा जङ्गल सफारीको अवसर पनि उपलब्ध छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit