Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख : रक्षामन्त्री राई

‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख : रक्षामन्त्री राई
विज्ञापन
Advertisement

काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौंतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले रणनीतिक महत्त्वको सो आयोजना निर्धारित समयमा समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए ।

“द्रूतमार्गअन्तर्गत खोकना क्षेत्रमा मुख्य समस्या छँदैछ, तर त्यो खोकना क्षेत्रभित्र पनि क्रमशः प्रगति हुन थालेको छ”, काठमाडौंतर्फको प्रस्थान विन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे जानकारी दिँदै मन्त्री राईले भने, “काठमाडौं उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन् । यसआधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ ।”

द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौं उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले त्यससम्बन्धी निर्णय भइसकेपछि उपत्यका बाहिर द्रूतमार्गको जमिनको कुनै समस्या नहुने स्पष्ट पारे । द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस भएको मन्त्रालयले जनाएको छ ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खनिसकिएको जानकारी दिँदै मन्त्री राईले चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति हुने बताए । दार्चुला–टिङ्कर खण्डअन्तर्गत छान्ग्रुमा हेलिकोप्टरमार्फत ‘स्काइभेटर’ पु¥याएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खन्न सुरु हुने उनको भनाइ छ ।

्विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदानका बारेमा विश्वभरबाट प्रशंसा भइरहेको जनाउँदै उनले विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना क्रियाशील रहेको बताए । यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले रक्षा मन्त्रालयअन्तर्गतका आयोजनामा देखिएका समस्यालाई सरलीकृत गरेर लैजानुपर्नेमा जोड दिए । उनले समस्यालाई थप जटिलता हुन नदिने गरी काम गर्न आग्रह गरे । मन्त्रालयसँग सहकार्य गर्न आयोग सदैव तत्पर रहेको उल्लेख गर्दै उनले भने, “सँगसँगै जाऔँ, काम गरौँ, केही समस्या छन् भने समाधानका लागि आयोग तयार छ ।”

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो समय द्रूतमार्ग निर्माण तीव्र गतिमा अघि बढेको र उपलब्धि सन्तोषजनक रहेको जानकारी दिए । “केही प्याकेजमा कालोपत्रको अवस्थामा पुगेका छौँ, कुनै प्याकेजमा पुल वारपार गर्न सकिने अवस्थामा पुग्दैछन्”, उनले भने ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, विभिन्न मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय योजना अयोगका प्रतिनिधिका साथै नेपाली सेनाअन्तर्गत विभिन्न विकास आयोजना तथा विभागीय प्रमुख सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit