Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको भाउमा मंगलबार पनि गिरावट, कतिमा हुँदैछ आज कारोबार?

सुनको भाउमा मंगलबार पनि गिरावट, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य घट्दा चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन सोमबार त्यति नै परिमाणको सुन तीन लाख दुई हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार भने सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ कायम थियो । हिजोको तुलनामा आज सुनको मोल प्रतितोला ९०० रुपैयाँले सस्तिएको छ। त्यसअघि (शुक्रबार) एक तोला सुन तीन लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ सामान्य बढेको छ। सोमबार चार हजार आठ सय ६० रूपैयाँ कायम भएको चाँदी मंगलबार २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ पुगेको छ। आइतबार एक तोला चाँदी चार हजार ९८५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भएको सुन आज चार हजार नौ सय ५० अमेरिकी डलरमा झरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit