Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईटी क्षेत्रको अग्रणी महिला नेतृ : सुनैना पाण्डेले प्राप्त गरिन् ‘वुमन इन टेक’ अवार्ड

आईटी क्षेत्रको अग्रणी महिला नेतृ : सुनैना पाण्डेले प्राप्त गरिन् ‘वुमन इन टेक’ अवार्ड
विज्ञापन
Advertisement

काठमाडाैं ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) की अध्यक्ष सुनैना पाण्डे ‘वुमन इन टेक’ अवार्डबाट सम्मानित भएकी छन्। न्यू बिजनेश एज लिमिटेडले बुधबार राजधानीमा आयोजना गरेको पाँचौं ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२५’ मा उनलाई यो सम्मान प्रदान गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

सूचना प्रविधि क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव बोकेकी पाण्डे सफ्टवेयर विकास कम्पनी जनरल टेक्नोलोजी प्रा.लि. (जेनटेक) की प्रबन्ध निर्देशक पनि हुन्। सन् १९९८ मा प्रोग्रामर र इन्स्ट्रक्टरको रूपमा आईटी क्षेत्रमा प्रवेश गरेकी उनले माइक्रोसफ्टका विभिन्न अपरेटिङ सिस्टमहरूको स्थानीकरणमा महत्वपूर्ण योगदान दिएकी छन्।

पाण्डेले क्यान महासंघमा सचिव, महासचिव र उपाध्यक्षसहितका विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्। सरकारद्वारा गठन गरिएको सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोगमा समेत काम गरिसकेकी उनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तारमा सक्रिय भूमिका खेलेकी हुन्।

महिला उद्यमी महासंघमा आवद्ध रहेकी पाण्डेले महिला उद्यमीका लागि इ–कमर्स प्लेटफर्म ‘विनबिज’ निर्माणमा सहयोग गरेकी थिइन्। सन् २०११ मा स्थापना भएको जेनटेकको नेतृत्व गर्दै आएकी उनले प्रविधिसम्बन्धी नीतिगत निर्माणमा पनि उल्लेखनीय योगदान दिँदै आएकी छन्।

जेनटेकले बैंकिङ, बीमा, उत्पादन, दूरसञ्चार, स्वास्थ्य, सरकार, शिक्षा, ई–कमर्स र खुद्रा क्षेत्रसम्म विभिन्न सूचना प्रविधि परियोजनाहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ।यससँगै आईटी क्षेत्रमा महिलाको अग्रसरता र नेतृत्वलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit