काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडुआर्थिक वर्ष २०८१-८२ मा डिजिटल कारोबारमा उत्कृष्टता र आर्थिक वर्ष २०८१-८२ मा नेपालपे क्यूआर कारोबारमा उत्कृष्टता बाट सम्मानित भएको छ ।
आ.व. २०८१-०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्युआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।
मिति २०८२ पौष ०८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय उक्त अवार्ड ग्रहण गरेका हुन् । समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ ।
विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरेको ईर्मजिङ एशिया बैंक कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।







कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्