Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामुदायिक लघुवित्तको प्रगति समीक्षा र बजेट योजना तर्जुमामाथि छलफल सम्पन्न

सामुदायिक लघुवित्तको प्रगति समीक्षा र बजेट योजना तर्जुमामाथि छलफल सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको आर्थिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तले आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा र आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट योजना तर्जुमा गोष्ठि यही बैशाख २३ गते देखि २५ गतेसम्म नगरकोट स्थित रत्नागिरी रिर्सोटमा सम्पन्न गरेको हो ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा संस्थाको १० क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख र ४६ वटा शाखा कार्यालयको शाखा प्रमुखको उपस्थितीमा सञ्चालित गोष्ठिमा आर्थिक वर्ष २०८०/०८१ को प्रगति समिक्षा र आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट योजना तर्जुमा गर्ने काम गरीएको लघुवित्तले जनाएको छ ।

कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयको सामान्य सेवा विभागीय प्रमुख मिलन महर्जन र लघुउद्यम विकास अधिकृत विरबल नेपालीले गरे । कार्यक्रमको अध्यक्षता सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेलले गरेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा गर्ने सम्बन्धमा शाखाहरुको आ–आफ्नो शाखाको तेस्रो त्रैमास सम्ममा भएको प्रगती विवरण पेश गर्ने र लक्ष्य पुरा नभएको शाखाले के कति कारणले लक्ष्य पुरा हुन नसकेको सो बारे समीक्षा गरेका थिए । समीक्षा अवधिमा केन्द्रीय कार्यालयको नायब प्रमुख कार्यकारी अधिकृत बेलु माया मगर, कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख डिल्लीराम भट्टराई, वित्त तथा योजना विभाग प्रमुख सुमन महर्जन, सञ्चालन तथा तालिम विभाग प्रमुख सुमन दनुवार, अनुगमन विभाग प्रमुख कृष्ण प्रसाद ढुंगाना, कर्जा असुली विभाग प्रमुख ललित कुमार रावल र कर्जा असुली विभागको कर्मचारी नारायण अधिकारीले आवश्यक सहजीकरण तथा प्रशिक्षण गरेका थिए ।

वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेल र नायब प्रमुख कार्यकारी अधिकृत बेलु माया मगरले तेस्रो त्रैमाम सम्ममा लक्ष्य अनुसार प्रगती गर्ने क्षेत्रीय कार्यालय र शाखा कार्यालयलाई धन्यवाद दिँदै चौथो त्रैमाससम्मा बाँकी रहेको लक्ष्य पुरा हुने गरी काम गर्न क्षेत्रीय कार्यालय र शाखा कार्यालयलाई प्रोत्साहन गरे । ३ दिने समीक्षा तथा योजना तर्जूमा कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत, कर्जा तथा जोखिम व्यवस्थापन विभाग, वित्त तथा योजना विभाग, सञ्चालन तथा तालिम विभाग, अनुगमन विभाग र कर्जा असुली विभागले आ–आफ्नो विभाग मातहत रहेर विभागीय प्रमुखले प्रशिक्षण गरे ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी बागमती प्रदेशको १३ वटै जिल्ला र कोशी प्रदेशको ५ वटा (ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर र सोलुखुम्बु) गरी १८ वटा जिल्लामा कूल ४६ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यलय र १ केन्द्रीय कार्यालय गरी ५७ वटा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit