Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफ इन्स्योरेन्सको लगानीमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’को औपचारिक सुरुवात

नेपाल लाइफ इन्स्योरेन्सको लगानीमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’को औपचारिक सुरुवात
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानीमा स्थापना भएको ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ले आफ्नो औपचारिक सुरुवात गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एक विशेष कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविन रमण पराजुलीले लगानी विविधिकरण नेपाली जीवन बीमा क्षेत्रका लागि नयाँ सम्भावना अवसरको प्रस्थानबिन्दु भएको उल्लेख गरे।

उनका अनुसार बीमितको बचतलाई सुरक्षित, लाभदायक दीर्घकालीन योजनामा लगानी गर्न उद्देश्यले अर्बको अधिकृत पुँजी अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजीसहित ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ सार्वजनिक कम्पनीको रूपमा स्थापना गरिएको हो।

पराजुलीले भने, “बीमा क्षेत्रमा हामीले नेपाली परिवेश अनुरूपका योजनाहरू ल्याएर बजारमा उपस्थिति जनाएका छौं। बीमितको विश्वास बचतलाई दीर्घकालीन रूपमा सदुपयोग गर्नकै लागि यो इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका हौं।”

कम्पनीका अनुसार अबको रणनीति सुरक्षित क्षेत्रमा लगानी विविधीकरण गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिने हुनेछ। साथै, कम्पनीले स्टेकहोल्डर तथा सेयरधनीहरूको हितलाई प्राथमिकतामा राख्दै दीर्घकालीन लाभदायक योजना कार्यान्वयन गर्ने जनाएको छ।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले आगामी दिनमा बीमा क्षेत्रबाट संकलन भएको पूँजीलाई व्यावसायिक, पारदर्शी रणनीतिक रूपमा प्रयोग गर्दै मुलुकको आर्थिक विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit