Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गर्ने उर्जा मन्त्री खड्काको प्रतिबद्धता

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गर्ने उर्जा मन्त्री खड्काको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमनका क्रममा उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताए। मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे। “बाढीपछिको हेलम्बु र मेलम्चीको पुनःनिर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उनले भने। पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिने मन्त्री खड्काले बताए। पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्वपूर्ण भएको उनले बताए।

विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो। उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालगायतको टोलीले आज स्थलगत निरीक्षण गरेको हो।

मन्त्री खड्कालाई स्थानीयले पुनःनिर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit