Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भोजपुरका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न जनही एक लाख रुपैयाँ सहयोग

भोजपुरका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न जनही एक लाख रुपैयाँ सहयोग
विज्ञापन
Advertisement

भोजपुर । पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक–एक लाख रुपैयाँ सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।

गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले बताइन् । कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी ७५ लाख रुपैयाँ लागतमा सञ्चालन गरिने उनले जानकारी दिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit