काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा एकैदिन दुई नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
ग्रामिण क्षेत्रदेखि शहरी भूभागमा सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको बैंकले बुधबार देखि स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्षसूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरे ।
यस्तै, अर्जुनचौपारी शाखाको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले गरेका हुन् । सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको बैंकले जनाएको छ । यस्तै, त्यस क्षेत्रको आर्थिक विकासमा बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।
कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, जिल्लास्थित उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति थियो ।
गरिमाले हाल देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्