Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जनकपुरधाम भन्सारबाट लक्ष्यभन्दा ४० प्रतिशत कम राजस्व संकलन

जनकपुरधाम भन्सारबाट लक्ष्यभन्दा ४० प्रतिशत कम राजस्व संकलन
विज्ञापन
Advertisement

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिको तुलनामा ५१ करोड ७४ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिए ।

कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुई सय ९८ वटाको फैसला गरेको दासले बताए । पाँचसय ६५ लिलामीका मुद्दा परेकामध्ये दुई सय ९८ वटाको छिनोफानो गरी एक करोड ५६ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य नौ करोड १५ लाख ५६ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ ।

सशस्त्र प्रहरीको चार सय १७ मध्ये दुई सय एक मुद्दाको फैसला भएको छभने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit