काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै युवा व्यवसायी सम्मान कार्कीलाई प्रदान गरिएको हो ।
कार्कीले विगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक ब्राण्ड बनिसकेको छ ।
लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवद्र्धन गर्ने तथा देशमा रोजगारी सिर्जनामार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उनले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको आयोजकको भनाइ छ ।
उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरुलाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित सबै उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पु¥याउँछ ।’

















प्रतिक्रिया दिनुहोस्