Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

देउराली–जनता फार्मास्युटिकल्सले चार अर्ब ७५ करोड लगानीमा नयाँ औषधि उद्योग स्थापना गर्दै

देउराली–जनता फार्मास्युटिकल्सले चार अर्ब ७५ करोड लगानीमा नयाँ औषधि उद्योग स्थापना गर्दै
विज्ञापन
Advertisement

चितवन । देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचना निर्माणको प्रारम्भिक काम थालिएको छ । थप संरचना निर्माणका लागि सरकारी निकायहरुसँग लिनुपर्ने अनुमतिको चरणमा रहेको छ। दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उनको भनाइ छ । अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने उद्योगको योजना रहेको छ ।

यो एकाइ सम्पन्न भए पछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उनले बताए । देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो । हाल कम्पनीले ‘क्याप्सुल’, ‘ट्याब्लेट’, ‘लिक्विड’, ‘ओइन्टमेन्ट’, ‘ड्राइ पाउडर’लगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ । अन्तर्राष्ट्रियस्तरका डब्लुएचओ जिएमपी,आइएसओ ९००१ र आइएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पु¥याइरहेको उनले बताए ।

चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ। हाल उद्योग काठमाडौंको टोखामा रहेको छ। यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन गर्न लागिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit