Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

युनेस्को प्रमुख टुइटसँग लुम्बिनीलाई खतराको सूचीमा नराख्न मन्त्री पाण्डेको पहल

युनेस्को प्रमुख टुइटसँग लुम्बिनीलाई खतराको सूचीमा नराख्न मन्त्री पाण्डेको पहल
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच भेटवार्ता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल भएको बताइएको छ ।

मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक कामहरू भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताए । साथै, उनले लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे ।

युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे ।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृत तथा अन्य सम्भावित सम्पदाहरूलाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको गर्न आग्रह ग रे । साथै, लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गराए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit