Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्रवीर राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्रवीर राय पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । साढे दुई अर्ब रुपैयाँ हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका संस्थापक अध्यक्ष समेत रहेका राजेन्द्रवीर रायमाथि २ अर्ब ५० करोड रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । ६५ वर्षीय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हो।

सीआईबीबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए ।

यस्तै, बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत सीआईबी अनुसन्धानको दायरामा तानिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit