Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्योति विकास बैंकद्वारा रोल्पाको घर्तिगाउँ हेल्थ पोस्टलाई बेबी वार्मर मेसिन प्रदान

ज्योति विकास बैंकद्वारा रोल्पाको घर्तिगाउँ हेल्थ पोस्टलाई बेबी वार्मर मेसिन प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको आवश्यकतालाई प्राथमिकता दिँदै रोल्पाको घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। यसअघि बैंकले स्याङ्जा जिल्लाको अर्जुनचौपारी र गुल्मीको पुर्तिघाटस्थित हेल्थ पोस्टमा पनि सो उपकरण प्रदान गरेको थियो ।

दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको छ। ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीले उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारीलाई बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरे ।

साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत यी ३ वटा बेबी वार्मर सहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ।

यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरुलाई ज्यान जोगाउन सहयोग पुगेको बैंकले जनाएको छ । बैंकले प्रदान गरेको उपकरणको प्रयोगबाट हालसम्म ११ हजार ४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको उल्लेख छ । संस्थागत सुशासनलाई शिरोपर गरी सरोकारवालाको समग्र हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit