Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरूबीच विभागीय जिम्मेवारी हेरफेर गरेको छ। गभर्नर डा. विश्व पौडेलले आजकै मितिदेखि लागू हुने गरी तीन कार्यकारी निर्देशकको विभाग परिवर्तन गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हाल्दै आएका रामु पौडेललाई अब मुद्रा व्यवस्थापन विभागको नेतृत्व जिम्मा दिइएको छ। उनका स्थानमा हालै मात्र कार्यकारी निर्देशकमा पदोन्नति भएका दीर्घबहादुर रावललाई बैंक सुपरिवेक्षण विभागमा पठाइएको छ। रावल यसअघि मुद्रा व्यवस्थापन विभागमा निर्देशकका रूपमा कार्यरत थिए।

त्यस्तै, प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ। उनी यसअघि मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए। राष्ट्र बैंकले आन्तरिक व्यवस्थापनलाई सशक्त बनाउन तथा दक्षताको उपयुक्त प्रयोग गर्न जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit