Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पायोनियर मोटोकर्पद्वारा ‘जिकर एक्स’ अब १० लाख कम मूल्यमा उपलब्ध

पायोनियर मोटोकर्पद्वारा ‘जिकर एक्स’ अब १० लाख कम मूल्यमा उपलब्ध
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले लक्जरी इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ लाई नयाँ र परिमार्जित मूल्यमा बजारमा उपलब्ध गराएको छ। पहिल्यै मूल्य ८४ लाख ९९ हजार रहेको यस मोडल अब ७४ लाख ९९ हजार मा किन्न सकिने कम्पनीले जानकारी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ भन्ने नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकहरूले २०५ मात्र डाउन पेमेन्ट तिरेर गाडी खरिद गर्न सक्नेछन्। साथै, एक्सचेन्ज बोनस, अटो प्लस बीमा, एक आर्थिक वर्षको सडक कर छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता विशेष सुविधाहरू पनि उपलब्ध छन्।

२०० किलोवाटको शक्तिशाली मोटरद्वारा सञ्चालित जिकर एक्सले ४४० किलोमिटरको डब्लुएलटिपि रेन्ज प्रदान गर्छ। यसमा प्रयुक्त ७३ प्रतिशत हाइ(स्ट्रेन्थ स्टिल ले गाडीलाई सुरक्षित, हलुका र मजबुत बनाएको छ।

युरो एनक्याप २०२४ मा दुई विधामा विजेता बनेको जिकर एक्सले ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ भने ग्रिन एनक्याप बाट पनि ५-स्टार मूल्याङ्कन हासिल गर्दै वातावरणमैत्री इलेक्ट्रिक गाडीको मानक स्थापित गरेको छ।

गिलि होल्डिङ ग्रुपअन्तर्गत निर्माण भएको यो गाडी जिकर ००१ र जिकर सेभेन जस्तै उन्नत ‘एसइए प्लेटफर्म’ मा आधारित छ। कम्पनीले जिकर एक्सलाई सहज पहुँच, स्मार्ट अर्बन मोबिलिटी र लक्जरीको सन्तुलनका रूपमा प्रस्तुत गर्दै आएको छ। पायोनियर मोटोकर्पले इच्छुक ग्राहकहरूलाई नजिकको सोरुममा पुगेर परीक्षण ड्राइभ तथा योजना सम्बन्धी जानकारी लिनुहोस् भनी आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit