images images images
images images images
images
images
images

मुख्यमन्त्रीद्वारा वृक्षारोपण, बल्चौरमा १५ सय कागतीको बिरुवा रोपियो

images

काठमाडौं । सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीले विश्व वातावरण दिवसको अवसरमा बिरुवा रोपेका छन् । दिवसको अवसर पारेर बिहीबार डिभिजन वन कार्यालय र प्रदेश वन निर्देशनालय बीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको कार्यक्रममा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल बिरुवा रोपेका छन् ।

यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि बिरुवा रोपेका छन् । शाहले कागतीको बिरुवा रोप्दै वातावरण दिवस मनाए । सो अवसरमा वडा कार्यालय र सामुदायिक वनको आयोजनामा आज सो क्षेत्रमा १ हजार ५ सय कागतीका विरुवा रोपिएको छ ।

images
images

‘प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर आज विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो । सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए ।

सो अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्लाष्टिकजन्य सामग्री नियन्त्रणको प्रयासमा पालिका रहेको दोहो¥याउँदै फोहर फैलाउने प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्न अब निर्ममतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्