Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नयाँ लगानीकर्ताको साथ पाएपछि गणपति सिमेन्ट इन्डस्ट्रीज पुनः सञ्चालनको तयारीमा

नयाँ लगानीकर्ताको साथ पाएपछि गणपति सिमेन्ट इन्डस्ट्रीज पुनः सञ्चालनको तयारीमा
विज्ञापन
Advertisement

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –६ मा रहेको गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा. लि. मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी अगाडि बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंकै नेतृत्वमा नयाँ लगानीकर्ता समूहले पुनः उद्योगलाई सञ्चालनमा ल्याउन लागेको हो । चौलागाईसँगै हाल अमेरिकामा १५ वर्ष देखि निर्माण र अन्य व्यवसायमा संलग्न रहेका एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेशा र व्यवसायमा सक्रिय शालिक पाठकले उद्योगमा लगानी सहकार्य गरेका छन् ।

विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाइएको कम्पनीका अध्यक्ष चौलागाईंले बताए । कम्पनीले निकट भविष्यमा ‘विनायक’, ‘गणपति’ लगायतका नयाँ सिमेन्टको ब्रान्ड उत्पादन गरी नेपालको प्रमुख शहरहरूमा बजार विस्तार गर्ने तयारी गरिरहेको चौलागाईंको भनाइ छ।

‘नेपालमा निर्माण र पूर्वाधार विकासका क्षेत्रमा देखिएका चुनौतीबीच पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने दृढ संकल्प लिएका छौं। नयाँ लगानीकर्ता समूहको प्रवेशपछि कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी सिर्जना र देशको निर्माण क्षेत्रको माग पूरा गर्न निरन्तर काम गर्नेछ’ चौलागाईंले भने ।

उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने, स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने र देशको निर्माण उद्योगमा स्वदेशी ब्रान्डको योगदान थप सशक्त हुने कम्पनीको विश्वास छ।

गणपति सिमेन्ट इन्डस्ट्रीजले भविष्यमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit