Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

नेप्से सूचक निरन्तर घट्दै, किन उत्साहित छैनन् लगानीकर्ता ?

नेप्से सूचक निरन्तर घट्दै, किन उत्साहित छैनन् लगानीकर्ता ?
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.४९ अंकले घटेर २ हजार ६४१.४६ विन्दुमा आइपुगेको छ । बजेटपछि शेयर बजारमा निरन्त। गिरावट आइरहेको छ । नेप्से सूचक घट्दा लगानीकर्ता बजारप्रति पर्ख र हेरको अबस्थामा देखिएका छन् । बजेटमा निजीक्षेत्रलाई अनुकूल हुनेगरी नै बजेट सार्वजनिक हुँदा पनि लगानीकर्ता सन्तुष्ट छैनन । अब साउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक भएपछि केही नीतिगत सुधार हुने अपेक्षा लगानीकर्ताहरुको छ । अहिले शेयर धितो कर्जा जोखिम भार घट्दा पनि लगानीकर्ता लगानी बढाउन तयार देखिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका १ करोड ७१ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी,बुटवल पावर कम्पनी, न्यादी ग्र्रुप पावरको ४३ करोड रुपैयाँदेखि ९१ करोड २३ लाख रुपैयाँसम्मको कारोबार भएको हो । बिहीबार रिभरफल्स पावर, बुटवल पावर र पियोर इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

घटेको बजारमा ओमश्री फार्मास्यूटिकल्स आज घटेको छ । लगातार १९ औं कारोबारसम्म सर्किट मूल्यका कारोबार भएको उक्त कम्पनीको शेयर मूल्य बिहीबार ९.७६ प्रतिशतले घटेको हो । त्यस्तै,उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ३.७६ प्रतिशतले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit