काठमाडौं । दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीले सञ्चालन गरेको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्ष अघिदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो पुनः सञ्चालनमा आएको हो ।
दुबईमा दुई दशक भन्दा बढी समयदेखि बसोबास गर्दै आएका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
नेपालीहरु बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी गेष्टहाउस सञ्चालनमा ल्याएको व्यवसायी गुरागाईंले जानकारी दिए ।
सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गराएको थियो ।
उनका अनुसार जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन नयाँ सजावटसहित पुनः सञ्चालनमा ल्याइएको गुरागाईले बताए ।
नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र सञ्चालनमा आएको छ । सम्पूर्ण ग्राहक तथा सेवाग्राहीका लागि खुला गरिएकोा उक्त रेष्टुरेण्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए ।

















प्रतिक्रिया दिनुहोस्