Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

पर्ख र हेरको अबस्थामा शेयर लगानीकर्ता, घट्याे काराेबार

पर्ख र हेरको अबस्थामा शेयर लगानीकर्ता, घट्याे काराेबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १३.६९ अंकले घटेर २ हजार ६६४.४७ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको हो । अघिल्लो दिन १० अर्ब माथिको कारोबार भएको थियो । नेप्से सूचक घट्दा लगानीकर्ताहरुले शेयर ‘होल्ड’ गरेर राखेका छन् । यो दिन ९ अर्ब ९० करोड रुपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको अबस्थाा लगानीकर्ताहरु पनि शेयर बजारलाई लिएर पर्ख र हेरको अबस्थामा देखिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

घटेको बजारमा बुटवल पावर कम्पनी, पियोर इनर्जी, सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य १०प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने रिभरफल्स पावर,श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ । यो दिन सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक,उन्नती सहकार्य लघुवित्त, हिमालयन पावर पार्टनर र बोटलर नेपाल (बालाजु)को शेयर मूल्य ३.९१ प्रतिशतदेखि ५.८९ प्रतिशतले घटेको छ । बुधबार सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी, सानिमा माई हाइड्रो पावर, बुटवल पावर कम्पनी, युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ४७ करोड ८५ लाख रुपैयाँदेखि ६१ करोड ५७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit