Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

१७औं नाडा अटो शो २०२५ आगामी भदौ ३ देखि, अर्थमन्त्रीलाई उद्घाटनको आग्रह

१७औं नाडा अटो शो २०२५ आगामी भदौ ३ देखि, अर्थमन्त्रीलाई उद्घाटनको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल अटोमोबाइल एशोसिएसन (नाडा) द्वारा आयोजित १७औं नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी मानिने उक्त शोको उद्घाटनका लागि नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रमुख अतिथिका रूपमा उपस्थित भई उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १ गते अर्थमन्त्री पौडेलसँग भेट गर्दै उक्त आग्रह गरिएको हो। भेटमा अध्यक्ष चौधरीले लामो समयपछि अटोमोबाइल क्षेत्रमैत्री बजेट आएको भन्दै निजी क्षेत्रको उत्साह बढेको धारणा व्यक्त गरे।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलोपटक सिमरामा सवारी साधन उत्पादन उद्योग खोल्ने तयारी भइरहेको जनाउँदै त्यसलाई प्रवर्द्धन गर्न नीति तथा सहुलियत आवश्यक रहेको बताए। साथै, नीति तथा नियममा स्थिरता आवश्यक रहेको पनि जोड दिए।

अर्थमन्त्री पौडेलले नाडाको अनुरोधलाई सकारात्मक रूपमा लिँदै अटोमोबाइल व्यवसायीहरुले सरकारलाई थप राजस्व योगदान गर्नुपर्ने र व्यवसाय मैत्री वातावरण निर्माणमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

भेटमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit