Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

लगानीकर्ता प्रतिनिधि संघ सीडिएसीका सीईओ बीच भेटवार्ता, लगानी सुरक्षितबारे छलफल

लगानीकर्ता प्रतिनिधि संघ सीडिएसीका सीईओ बीच भेटवार्ता, लगानी सुरक्षितबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नेपालकाे पूँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा अग्रणी भूमिका खेल्दै आएको केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (CDSC) का प्रमुख कार्यकारी अधिकृत (CEO) मा प्रवीण पण्डा नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

लगानीकर्ता प्रतिनिधि संघ तथा सरोकारवाला संघ–संस्थाहरूले पण्डालाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। पूँजी बजार, बैंकिङ तथा प्रविधि क्षेत्रमा लामो अनुभव बोकेका पण्डा विगतमा नेपाल स्टक एक्सचेन्ज लगायत संस्थामा पनि सक्रिय रहँदै आएका थिए।

डिम्याट प्रणालीमार्फत शेयरधनीहरूको लगानीलाई सुरक्षित, व्यवस्थित र डिजिटल माध्यमबाट संचित गर्ने उद्देश्यले स्थापना भएको CDSC ले हाल हितग्राही खाता, कागजरहित शेयर कारोबार, CASBA प्रणाली, शेयर ट्रान्सफर, मर्जर तथा एक्विजिसन क्लियरिङ, बोनस शेयर तथा लाभांश वितरणको डिजिटल प्रक्रिया, र ई-क्लियरिङ प्रणाली लगायतका सेवा विस्तार गर्दै आएको छ।

नवनियुक्त CEO पण्डाको नेतृत्वमा CDSC थप नवप्रवर्तनशील, उत्तरदायी र लगानीकर्ता–मैत्री संस्था बन्ने विश्वास व्यक्त गरिएको छ। संघसंस्थाहरूले लगानीकर्ताको गुनासो सम्बोधन, क्लियरिङ र सेटलमेन्ट प्रक्रिया सुधार, र प्रविधिको पहुँच विस्तारजस्ता विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।

साथै, भविष्यमा CDSC ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्दै पूँजी बजारको विश्वसनीयता र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit