दमक । अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमक, बेलडाङी रोडमा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो बजार उपस्थिति थप मजबुत बनाएको छ। न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस शोरूमले आधुनिक डिजाइन र गुणस्तरीय टाइलको बढ्दो मागलाई पूरा गर्नुका साथै ग्राहकलाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा दमक नगरपालिकाका मेयर राम कुमार थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, साथै मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी विशेष उपस्थित रहेकाे थियो। मेयर थापाले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका थिए ।
मेयर थापाले कार्यक्रममा भने , ‘यो शोरूम सञ्चालनले गुणस्तर र डिजाइन कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण दिएको छ। दमकमा कजारियाको लगानीले आन्तरिक सजावट समाधानमा नयाँ स्तर थप्नेछ भन्ने विश्वास छ।”
त्यस्तै, निर्देशक अग्रवालले ग्राहक–केन्द्रित दृष्टिकोणलाई जोड दिँदै भने, “हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो। यो शोरूम प्रेरणादायी बन्ने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत विकल्पसँग जोड्नेछ।”
नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको कजारिया रमेश टाइल्स लिमिटेडले अत्याधुनिक प्रविधि प्रयोग गरी ४,००० भन्दा बढी विशेष डिजाइन बजारमा ल्याएको छ।
हाल ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कमार्फत कजारिया नेपालमा प्रिमियम टाइल्सको अग्रणी नाम बनेको छ। कम्पनीले ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) जस्ता उत्पादन उपलब्ध गराउँदै आएको छ। यी सबै टाइलहरू जलप्रतिरोधी र दागप्रतिरोधी भएकाले टिकाउपन र दीर्घकालीन प्रदर्शनका लागि उपयुक्त मानिन्छन्।

















प्रतिक्रिया दिनुहोस्