images images images
images images images
images
images
images

दशैं बजारको चहलपहल : भीड बढ्यो व्यापार बढेन्

images

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।

हिन्दुहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैँको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ ।

images
images

यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा न्यूरोडकी कपडा व्यापारी सोनु गुप्ताले बजारमा भीड बढेपनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन् । साथै, व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्दै गएको पनि उनको भनाइ छ ।

उनले भनिन्, ‘बजारमा भीड बढेको छ नभएको होइन् तर व्यापार भने सोचेको जस्तो भएको छैन् । अहिलेको अवस्थामा मान्छेले चाहिने सामान मात्र खरिद गर्ने भएकाले अति आवश्यक सामानको विक्री मात्र भइरहेको छ । हामीले भारतबाट सामान ल्याउने भएको हुनाले केही समस्या भने भएको छैन् । हरेक वर्ष व्यापार घट्दै गएको छ, पहिला जस्तो व्यापार भने छैन् ।’

असन क्षेत्रकै अर्का व्यापारी प्रभा श्रेष्ठले पनि अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार अलि कम नै भइरहेको सुनाउँदै भनिन्, ‘अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार कम छ । हिजोबाट भर्खर चहलपहल हुन थालेको छ । अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नैपर्छ । यसपालि पहिला भन्दा कम नै छ ।’

न्यूरोडमा भर्खरै व्यापार सुरु गरेका व्यापारी रमेश श्रेष्ठले आन्दोलनका कारणले गर्दा सामान्य व्यापारीहरुलाई धेरै नै समस्या परेको गुनासो गरे ।
उनले भने, ‘बाहिर बजारमा त व्यापार होला तर भित्रि बजारमा छैन् । आन्दोलनको कारणले सामान्य व्यापारीलाई भने धेरै नै समस्या परेको छ । हामीले त यही व्यापारबाट खानेबस्ने हो । विगत वर्षको भन्दा आफ्नै व्यापार खस्किएको छ ।’आन्दोलनले गर्दा बजारमा नकारात्मक प्रभाव परेको र व्यापार घटेको अवस्थामा कुनै स्थानमा भने व्यापार बढिरहेको पनि छ । न्यूरोडकै अर्का व्यापारी रेखा पौडेल श्रेष्ठले दशैँको बेला व्यापार सामान्य भइरहेको र पसलहरु भरिभराउ नै रहेको बताइन् ।

यसको साथै, सामान किन्न भनेर आएकी ग्राहक बिपना प्याकुरेलले आन्दोलनले गर्दा पहिलाको भन्दा सामानको मूल्य बढेको सुनाइन् ।
उनले भनिन्, ‘अहिले आन्दोलनले गर्दा हो कि, सामान पनि त्यस्तो राम्रो छैन् र पहिलाको भन्दा मूल्य पनि बढेकै छ । पाँच सयदेखि, हजार रुपैंयाँसम्म बढेको छ ।’
साथै, अर्का ग्राहक बिमल गिरीले पनि मन्दीका बेला मौका छोप्ने र सामानको मूल्य बढाउने गरेकाले व्यापारमा फाइदा नहुने बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्