Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको वृद्धि, घट्यो कारोबार

शेयर बजारमा दोहोरो अंकको वृद्धि, घट्यो कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं। साताको मंगलबार आइपुग्दा शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर दुई हजार ६३८.६० विन्दुमा आइपुगेको छ । यो दिन नेप्से सूचक बढ्दा कारोबार रकम चार अर्ब २३ करोडमा खुम्चिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बढेको बजारमा साल्पा विकास बैंक, रिलायन्स स्पेनिङ मिल्स, हिमालयन पावर पाँचथर, सागर डिस्टिलरी, बन्दिपुर केबलकार एण्ड टुरिजमको शेयर मूल्यमा ८.३४ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।

त्यस्तै यो दिन सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा एसवाई प्यानेल नेपाल,आँखुखोला जलविद्युत कम्पनी,राधि विद्युत कम्पनी,न्यादी ग्रुप पावर,रिडी पावर कम्पनीको शेयर मूल्य ११ करोड ४६ लाख रुपैयाँदेखि ३७ करोड ७२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।दोहोरो अंकले बढेको बजारमा नेपाल एसबीआई बैंक, आरबीबी म्यूचुअल फण्डको शेयर मूल्य घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये सबै समूहो सूचक बढेका छन्। यो दिन होटल तथा पर्यटन, जलविद्युत, उत्पादनमूलुक समूह र विकास बैंक समूहको सूचक र टे«डिङ समूहको सूचक १.४९ प्रतिशत समूहको सूचक १.४९ प्रतिशतसम्मले बढेको छ ।
अन्य सबै समूहको सूचकमा हरियाली छाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit