Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

एनआरएनएले ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणपछि तीन करोड मूल्य पर्ने लाइसेन्स छाप्ने मेसिन खरिद गरिदिने

एनआरएनएले ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणपछि तीन करोड मूल्य पर्ने लाइसेन्स छाप्ने मेसिन खरिद गरिदिने
विज्ञापन
Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तीब्रता दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्माण लागि झन्डै एक करोड रकम खर्च लाग्ने अनुमान गरिएको छ । सोही अनुसार काम भइरहेको छ । एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार ध्वस्त भएको ट्राफिक कन्ट्रोल रुमको पुनःनिर्माण जारी छ ।

 

‘धेरै अत्यावश्यक संरचनाहरु ध्वस्त भएका थिए । त्यसमध्ये हामीले के गर्ने भनेर साथीहरुबीच सल्लाह भयो । केही साथीहरु मिलेर केही रकम संकलन गरेर करिब एक करोडको लागतमा कन्ट्रोल रुम बनाइरहेका छौं । अब केही समयमा निर्माण सम्पन्न हुनेछ,’ उनले अगाडि भने,‘नेपाल सरकारका मन्त्री कुलमान घिसिङले हामीलाई सवारी लाइसेन्स छाप्ने मेसिन खरिद गरिदिनुहोस भन्नुभएको छ । त्यसमा हामी सकारात्मक छौं ।’

कन्ट्रोल रुमको काम सकेपछि करिब तीन करोड लागत पर्ने अनुमति पत्र बनाउने (लाइसेन्स) मेसिन खरिद गर्नेगरी छलफल अगाडि बढाएको उनले जानकारी दिए । ‘पहिलो चरणमा ट्राफिक कन्ट्रोल रुम, दोस्रोमा लाइसेन्स मेसिन र तेस्रोमा ब्रेथलाइजर मेसिन खरिद गरेर सरकारलाई सहयोग गर्न लागेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

सडक सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण स्थानको रूपमा रहेको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि लाग्ने सबै खर्च एनआरएनएले नै व्यहोर्ने निर्णय गरेको हो । बग्गी खाना ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरको ट्राफिक व्यवस्थापन प्रभावकारी हुने अनुमान गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit