images images images
images images images
images
images
images

अघिल्लो वर्षको मुनाफाबाट वाणिज्य बैंकसहित यी कम्पनीले दिए लगानीकर्तालाई बोनस र नगद लाभांश, कुनको कति ?

images

 काठमाडाैं । यो आर्थिक वर्षमा वाणिज्य बैंकका तीन वटा बैंकले लाभांंश प्रस्ताव गरेका छन् । जसमा सबैभन्दा पहिला माछापुच्छ्रे  बैंकले लाभांश प्रस्ताव गरेर पनि बुक क्लोज भइसकेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो, जसमा ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश आफ्ना शेयर धनिहरुलाई दिएको हो ।

त्यस्तै, एभरेष्ट बैंकले अघिल्लो वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर दिएको छ भने १४ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । आइतबार सानिमा बैंकलेपनि लाभांश प्रस्ताव गरेको छ । बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ७ प्रतिशत नगद लाभांश मात्र दिएको हो ।

images
images

त्यस्तै सिटीजन बैंकले ५ प्रतिशत बोनस र २.२६ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै सिद्धार्थ बैंकले अघिल्लो वर्षको मुनाफाबाट शेयर धनिलाई ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले यो पटक लगानीकर्ताहरुको खात खाली राखेको छ ।

हालसम्म ६ वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेकोमा सानिमा र ग्लोबलका शेयर धनिको हात खालि राखेका छन् । त्यस्तै विकास बैंक तर्फ दुईवटा बैंकले मात्र अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश बाँडेका छन् । अहिलेसम्म आफ्ना शेयर धनिहरुलाई लाभांश बाड्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक ले १३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगदगरी १८.२ प्रतिशत लााभांश दिएको छ भने कामना सेवा बैंकले १० प्रतिशत बोनस र ५.७८ प्रतिशत नगदगरी १५.७८ प्रतिशत लाभांश दिएको हो। त्यस्तै गरिमा विकास बैंकले ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । त्यसैगरी मितेरी विकास बैंकले यो वर्ष लगानीकर्ताको हात खाली बनाएको छ भने नगद लाभांश १० प्रतिशत प्रस्ताव गरेको छ ।

फाइनानसका कुनै पनि कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट लाभांश वितरण गर्नेमा मन्जुश्री फाइनान्स मात्र रहेको छ । कम्पनीले लगानीकर्ताहरुको हात यो पटक खाली बनाएको छ भने १५ प्रतिशत मात्र नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै होटल तथा पर्यटनसमूहका कुनै पनि कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छैनन् ।

त्यस्तै जलविद्युत समूहहरुमा अरुण भ्याली हाइड्रो पावर कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, युनिर्भर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै मिडसोलु हाइड्रो पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर, ०७८ नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै हिल्टन हाइड्रो इनर्जी बोनस नभई नगद बोनस ५.२६ प्रतिशत मात्र दिएको छ । सिक्लेस हाइड्रो पावर कम्पनीको १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । त्यसैगरी भगवती हाइड्रो पावर विकास कम्पनीले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यस्तै सेन्चुरी इनर्जी लिमिटेडले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लगानीगत समूह अन्तर्गत दुईवटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । नेपाल इन्फाष्ट्रचर बैंक (निफ्रा)र हाथवे इन्भेष्टमेन्ट नेपाल । निफ्राले ६.३२१ प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ भने हाथवे इन्भेष्टमेन्ट कम्पनीले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै उत्पादन समूह अन्तर्गत नेपाल ल्युव आयलको २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगदगरी अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई नाफा बाड्न सफल भएको हो । त्यसैगरी युनिलिभर नेपाल लगानीकर्तालाई बोनस नभई १८४२ प्रतिशत उत्कृष्ट नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै माइक्रो फाइनान्स अन्तर्गतको आरएसडीसी लघुवित्त वित्तीय संस्थाले यो पटक पनि लगानीकर्ताको हात खाली राखेको छ । संस्थाले ८ प्रतिशत मात्र नगद प्रस्ताव गरेको छ भने गुराँश लघुवित्तले १४.२५ बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश लाभांश प्रस्ताव गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्