काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो अठारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंको थापागाउँमा शुक्रबार सम्पन्न सभाले फाईनान्सको आ.व. ८१/ ८२ को लागि प्रस्तावित १५%नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गरेको हो।
यसअघि कम्पनीले १५५ नगद लाभांश दिने घोषणा गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब बढी (१,३५१,५५२,८४८ रुपैयाँ) रहेको छ । भएको यस मन्जुश्री फाईनान्स, देशकै फाईनान्स कम्पनिहरु मध्ये सबै भन्दा बढी चुक्ता पुँजी भएको फाईनान्स रहेको छ ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १९. ५ अर्ब कर्जा परिचालन गरेको फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।
फाइनान्सले २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना १ लाख ६० हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्