Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

एन्थ्रोपिकले आईपीओबाट जुटायो ८१ अर्ब डलर, कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलर पुग्यो

एन्थ्रोपिकले आईपीओबाट जुटायो ८१ अर्ब डलर, कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलर पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं। अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । कम्पनीले शेयर निष्कासनको आकार बढाउँदै प्रतिकित्ता ८३ डलरमा मूल्य निर्धारण गरेपछि यो विश्वकै ठूलो शेयर बजार प्रवेश बनेको हो ।

विज्ञापन
Advertisement
Advertisement

क्लाउड एआई च्याटबोटका निर्माता एन्थ्रोपिकले बुधबार आईपीओको अन्तिम मूल्य निर्धारण गरेको हो । यसअघि कम्पनीले प्रतिकित्ता ७० देखि ७८ डलरसम्म मूल्य राख्ने प्रारम्भिक योजना बनाएको थियो। तर लगानीकर्ताबाट उच्च माग आएपछि मूल्य बढाएर ८३ डलर पुर्‍याइएको कम्पनीले जनाएको छ । कम्पनीले कुल ९८ करोड कित्ता शेयर निष्कासन गरेको छ । यसमध्ये ९५ करोड ६३ लाख कित्ता शेयर कम्पनी आफैँले बिक्री गरेको हो भने बाँकी करिब २ करोड ३६ लाख कित्ता विद्यमान शेयरधनीले बिक्री गरेका हुन् । रोयटर्सका अनुसार शेयर निष्कासनको आकार प्रारम्भिक योजनाभन्दा करिब १९ प्रतिशत बढाइएको थियो ।

आईपीओपछि कम्पनीको पूर्ण रूपमा डाइलुटेड मूल्यांकन करिब १.५ ट्रिलियन डलर पुगेको छ। सम्भावित शेयर तथा अन्य धितोपत्र गणना नगर्दा मूल्यांकन करिब १.१ ट्रिलियन डलर हुन्छ। यसबाहेक कम्पनीले आईपीओकै मूल्यमा निजी प्लेसमेन्टमार्फत थप २६ अर्ब डलर जुटाएको छ। यससँगै आईपीओ र निजी निष्कासन जोड्दा कुल कारोबारको आकार १०७ अर्ब ३० करोड डलर पुगेको छ । एन्थ्रोपिक सार्वजनिक शेयर बजारमा प्रवेश गर्ने पहिलो प्रमुख फ्रन्टियर एआई मोडल विकासकर्ता बनेको छ। कम्पनीको शेयर बिहीबारदेखि अमेरिकी नास्डाक बजारमा ‘एएनटी’ संकेतमा कारोबार हुने तय भएको छ ।

एन्थ्रोपिकको तीव्र वृद्धिको प्रमुख आधार क्लाउड एआई मोडल र विशेषगरी सफ्टवेयर विकासकर्तामाझ लोकप्रिय ‘क्लाउड कोड’ हो। कम्पनीका अनुसार अक्टोबर ३१ सम्म वार्षिकीकरण गरिएको आम्दानी ८१ अर्ब डलर पुगेको थियो । सेप्टेम्बरमा यस्तो आम्दानी ७१ अर्ब डलर थियो । तर तीव्र विस्तारसँगै कम्पनीको पूर्वाधार खर्च पनि बढिरहेको छ । सन् २०२६ को पहिलो छ महिनामा कम्प्युटिङ क्षमता तथा पूर्वाधारमा मात्रै करिब ९ अर्ब डलर खर्च गरेको कम्पनीले जनाएको छ। एआई मोडलको विकास र सञ्चालनका लागि अमेजन तथा गुगललगायत पूर्वाधार साझेदारसँग ठूलो रकम खर्च गर्ने जनाएको छ। एआई क्षेत्रमा लगानीको प्रतिफल, बढ्दो पूर्वाधार लागत र कम्पनीहरूको उच्च मूल्यांकनबारे प्रश्न उठिरहेका बेला आएको एन्थ्रोपिकको आईपीओलाई यस क्षेत्रप्रति लगानीकर्ताको विश्वास परीक्षण गर्ने महत्त्वपूर्ण घटनाका रूपमा समेत हेरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit