काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रनमा अलआउट भएपछि यूएईलाई २३४ रनको लक्ष्य दिएको हो ।
तेस्रो नम्बरमा क्रिजमा आएका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी बनाएपनि नेपालले मध्यम लक्ष्य दिएको हो । रोहितले १३० बलमा सर्वाधिक १०९ रन बनाए । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्