Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

पाँच महिलाद्वारा काठमाडौंदेखि मुस्ताङसम्म रोमाञ्चक ‘द मिस्टिक मुस्ताङ राइड’ सम्पन्न

पाँच महिलाद्वारा काठमाडौंदेखि मुस्ताङसम्म रोमाञ्चक ‘द मिस्टिक मुस्ताङ राइड’ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । महिला राइडरलाई सशक्त बनाउने र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित रोयल इनफिल्डद्वारा आयोजित ‘द मिस्टिक मुस्ताङ राइड’ सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कात्तिक ७ देखी १२ गतेसम्म आयोजना भएको उक्त राइडमा पाँचजना साहसिक महिला राइडरले काठमाडौंदेखि मुस्ताङसम्मको रोमाञ्चक साहसिक यात्रा पूरा गरेका हुन् । उक्त यात्राले पर्यटन प्रर्वद्धनसँगै स्वतन्त्रता र सशक्तिकरणको भावनालाई प्रतिविम्बित गरेको आयोजक कम्पनी रोयल इन्फिल्ड नेपालले जनाएको छ ।

‘मिस्टिक मुस्ताङ राइड’ केवल एक साहसिक यात्रा मात्र नभएर यसले धेरै महिलाहरूलाई मोटरसाइकल चलाउन तथा खुला सडक अन्वेषणको आनन्द अनुभव गर्न प्रोत्साहित गरेको आयोजकको विस्वास छ ।

उक्त राइडले नेपालको भूदृश्यको सुन्दरतालाई उजागर गर्ने र घरेलु पर्यटनलाई प्रवर्द्धन गर्ने प्रयास स्वरुप नेपाललाई मोटरसाइकलमा यात्रा गर्न उत्साही यात्रुहरूका लागि विश्वस्तरीय गन्तव्यको रूपमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ। रोमाञ्चक यात्राका क्रममा पाँचजना राइडरले स्थानीय समुदायहरूसँग अन्तर्क्रिया गर्दै मुस्ताङको अद्वितीय कला, संस्कृतिको अनुभव बटुलेका छन् ।

मिस्टिक मुस्ताङ राइड मार्फत, रोयल एनफिल्डले साहसिक महिलाहरुका लागि नयाँ पुस्तालाई प्रेरित गर्ने र नेपाललाई दक्षिण एसियामा मोटरसाइकल पर्यटनको लागि एक अग्रणी केन्द्रको रूपमा स्थापित गर्ने अपेक्षा रहेको जनाएको छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit