काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको ट्रिपएडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०२५ प्राप्त गरेको छ ।
यस सम्मानले गुरु ट्राभल्स लिमिटेडलाई विश्वकै १० प्रतिशत ट्राभल्स कम्पनीहरुमध्ये एकको मान्यता पाएको कम्पनीले जनाएको छ । ट्रिपएडभाइजरको यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छ। यसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरुलाई सम्मान गर्छ।
गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले उक्त सम्मानले अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको बताए । उनले भने, ‘ ट्रिपएडभाइजर द्वारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरुको विश्वासको नतिजा हो। यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको छ।’
नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर कायम गरेको उल्लेख गरेको छ ।
कम्पनीले देशभित्र र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन र सवारी भाडा सेवा लगायतका सम्पूर्ण यात्रा सम्बन्धी सुविधाहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ।

















प्रतिक्रिया दिनुहोस्