काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न भएको छ ।
चितवनको सौराहमा कात्तिक १३, १४ र १५ गते ३ दिनसम्म सञ्चालित मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी सुरु गरेको उक्त तीन दिने कार्यक्रमले कम्पनीका अभिकर्ता लिडरहरुको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान गर्ने सिईओ प्रसाईको भनाइ छ ।
साथै सो कार्यक्रम राष्ट्रिय, अनतर्राष्ट्रिय स्तरमा अभिकर्ताहरुको पहिचान बनाउनमा महत्वपूर्ण सावित हुने उनले बताए । राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएको मनोरञ्जनात्मक साँझले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास सिईओ प्रसाईको बुझाइ छ । कम्पनीमा आवद्ध २ सय जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा बीमा बिक्री कलाको क्षमता अभिवृद्धि तालिम समेत दिइएको कम्पनीले जनाएको छ ।
अभिकर्ता लिडरहरुलाई ‘द आर्ट अफ सेलिङ’ उपमाले परिचित अन्तराष्ट्रिय स्तरका ट्रेनर अरनिको सिंहले बीमा बिक्री कलाको क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रममा लोकप्रीय गायक प्रमोद खरेल र परम्परा ब्याण्डले लाइभ सांगीतिक प्रस्तुती दिएका थिए ।















प्रतिक्रिया दिनुहोस्