Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन
विज्ञापन
Advertisement

काठमाडौ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ रेटिङ्ग दिँदै मध्यम जोखिम संकेत गरेको छ । प्रभु क्यापिटल आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ, र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit