Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

२६ सय विन्दुमा नेप्से,बढ्यो कारोबार रकम

२६ सय विन्दुमा नेप्से,बढ्यो कारोबार रकम
विज्ञापन
Advertisement

काठमाडाैं। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६ सय विन्दुमा उक्लिएको छ । नेप्से परिसूचक ३९.९२ अंकले बढेर उक्त विन्दुमा पुगेको हो । नेप्से सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर किनबेचहुँदा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, पिपुल्स हाइड्रो पावर कम्पनी, राधि विद्युत कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनीको १७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन सागर डिस्टिलरी,बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र स्वतिक लघुवित्त वित्तीय संस्थाको ८.१९ प्रतिशतले बढेको छ । यो दिन पिपुल्स हाइड्रो पावर कम्पनी, मोदी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३.९८ प्रतिशतदेखि ७.६५ प्रतिशतसम्मले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit