Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुर्खेतमा नयाँ फोटोन शोरुम विस्तारसँगै एमएडब्लू वृद्धिको नेटवर्क १५ स्थानमा फैलियो

सुर्खेतमा नयाँ फोटोन शोरुम विस्तारसँगै एमएडब्लू वृद्धिको नेटवर्क १५ स्थानमा फैलियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुम विस्तार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा.लि. द्वारा आयोति एक कार्यक्रमका बीच उक्त शोरुमको उद्घाटन गरिएको हो । सुर्खेतमा नयाँ शोरुम सञ्चालनमा आएसँगै देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा महत्वपूर्ण माइलस्टोन थपिएको कम्पनीले जनाएको छ।

शोरुमको औपचारिक उद्घाटन सुर्खेत चेम्बर अफ कमर्शका महासचिव राम प्रसाद जैशी (राजु)ले गरेका थिए ।

शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू माउन्टेन ईभी भ्यान, TM1, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप उपलब्ध छन्। यी सवारीहरूले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ सोलुसन्सका लागि मानक स्थापना गरेको चितवन शोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउने कम्पनीको विस्वास छ । नयाँ शोरुम विस्तारसँगै फोटोन मोटरको बिक्री नेटवर्क देशभर १५ स्थानसम्म फैलिएको छ, जसले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गर्दछ। साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूबाट प्रदान हुँदै आएको छ ।

जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिवद्धता प्रदान गर्ने कम्पनीले जनाएको छ । ‘हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौँ’, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ताले भने, ‘चितवन शोरुमको सफलतापछि विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit