Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पहिलो तीन महिनामा शिवम् सिमेन्टको नाफा २० करोड नाघ्यो

पहिलो तीन महिनामा शिवम् सिमेन्टको नाफा २० करोड नाघ्यो
विज्ञापन
Advertisement

 काठमाडाैं । शिवम् सिमेन्टले उल्लेख्य मात्रामा नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले खुद नाफामा १५ गुणा वृद्धि गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्षको पहिलो तीन महिनामा २० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको बिक्री आम्दानीमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले १ अर्ब ५३ लाख रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशत बढेको छ भने कुल नाफा २१५.०७ प्रतिशत बढेको छ। कुल नाफा भने यस वर्ष कम्पनीको ३२ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको यस्तो प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit