Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर
विज्ञापन
Advertisement

काठमाडौं । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच गत शुक्रबार काठमाडौंमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’

यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए । मानन्धरले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका छौँ ।’

श्री एयरलाइन्सले नेपालका यात्रुहरूलाई टर्बोजेट, (म्याच८) अनुभव प्रदान गर्ने एक अग्रणी एयरलाइन्स हो । सुदूरपश्चिम रोयल्सको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् भने टिममा आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् । मुख्य प्रशिक्षकको रुपमा जगत टमटा रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit