Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गरिमाको वार्षिकोत्सवमा ६०२ युनिट रक्तदान

गरिमाको वार्षिकोत्सवमा ६०२ युनिट रक्तदान
विज्ञापन
Advertisement

चितवन । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत सङ्कलन भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार १९औँ वार्षिकोत्सवका अवसरमा १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरिएको छ । उनका अनुसार आज मात्रै देशका आठ स्थानमा रक्तदान कार्यक्रम गरिएको थियो ।
बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको हो ।

यसैगरी देशका विभिन्न १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिनलगायत सामग्री वितरण गरिएको उनले जानकारी दिए । यसैगरी श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाइ सामग्री हस्तान्तरण, मातातीर्थ वृद्धाश्रम समिति, चन्द्रागिरि, काठमाडौंलाई खाद्यान्न सामग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरणसमेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको रेग्मीको भनाइ छ ।

त्यसैगरी, ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ विकास बैंकले शनिबार गरिमा रोड रेस अन्तर्गत एक हजारभन्दा बढी धावकको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ। बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई आगामी दिनमासमेत प्राथमिकतामा राखी निरन्तरता दिने र रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको रेग्मीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit