Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

तिनकुनेमा मोबाइलमान्डुको पहिलो आउटलेट खुल्दै

तिनकुनेमा मोबाइलमान्डुको पहिलो आउटलेट खुल्दै
विज्ञापन
Advertisement

काठमाडौं । विगत लामो समयदेखि अनलाइन मार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको ई–कमर्स प्लेटफर्म मोबाइलमान्डु अब भौतिक रूपमा पनि ग्राहकमाझ आउने भएको छ। कम्पनीले आफ्नो पहिलो फिजिकल आउटलेट काठमाडौंको तीनकुनेमा मंगलबार (वैशाख २१ गते) बाट सञ्चालनमा ल्याउन लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

‘टेक अनुभवलाई नजिक ल्याउने’ उद्देश्यका साथ सुरु हुन लागेको यो स्टोरमा ग्राहकले अनलाइनमा देखिने सामानहरू प्रत्यक्ष अनुभव गरेर खरिद गर्न सक्नेछन्। उद्घाटनको अवसर पारेर कम्पनीले वैशाख २१ देखि २७ गतेसम्म लागू हुने गरी विशेष लन्च अफर दिने जनाएको छ । उद्घाटनकै दिन ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिनेछ। गेमिङ एक्सेसोरीहरूमा ४० प्रतिशत र बालबालिकासम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उल्लेख छ।

यस्तै, कुनै पनि स्मार्टफोनको खरिदमा आकर्षक उपहारका साथै पुरानो फोन साटेर नयाँ लैजान सकिने एक्सचेन्ज सुविधा उपलब्ध गराउने जनाएको छ। ग्राहकले विशेष अफर स्वरूप इयरबड्स र इयरक्लिप्स मात्र ५०० रुपैयाँमा पाउनेछन् । ‘हालसम्म देशभर अनलाइन सेवा दिइरहेको मोबाइलमान्डुले ग्राहकलाई प्रत्यक्ष अनुभव दिलाउन अफलाइन बजारमा पाइला चालेको हो। आगामी दिनमा यसलाई थप विस्तार गर्दै लगिनेछ,’ कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit